Logo
Logo

मुठभेडमा २९ माओवादी मारिएको भारतीय प्रहरीको दाबी



काठमाडौं । भारतीय प्रहरीले छत्तीसगढमा भएको मुठभेडमा २९ जना माओवादी मारिएको दाबी गरेको छ । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो ।

सो क्रममा २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको प्रहरीले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । यस घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् ।

बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्