Logo
Logo

दुवईमा अवार्ड र सम्मान कार्यक्रम



काठमाडौं । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईस्थित ब्लू प्यालेस होटलमा नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

राजेन्द्र पुरीको संयोजत्वमा आयोजित कार्यक्रममा अवार्ड सिरोमनिसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । काभ्रे सेवा समाजका अध्यक्ष गोबिन्द पन्तको सभापतित्व सम्पन्न कार्यक्रममा चार दशकदेखि यूएईमा रहेर समाजसेवामा सकृय नेपाली समाज यूएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नविन कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालबाट गएका र प्रवासमा रहेका प्रवासी कलाकारले साँस्कृतिक प्रस्तुति पस्केका थिए ।

कार्यक्रममा विभिन्न कलाकारलाई अवार्ड दिइएको थियो । जसमा सर्बोत्कृष्ट लोकदोहोरी गायिकातर्फ रिया घले, लोकदोहोरी मोडल कृष्ण सापकोटा, आधुनिक मोडल सबिना कार्की, काठे भाका गायिका मिरा गिरी, काठेभाका गायक समीर आचार्य, नवमोडल अमिरा कार्की, लोकदोहोरी शब्द सुनिल परियार ‘सागर’ र लोकदोहोरी मोडल अस्मिता रानालाई अवार्ड दिइएको थियो ।

यस्तै, कार्यक्रममा टेलि चलचित्र कलाकार कुलबहादुर ओली, काठे मोडल पबित्रा काफ्ले, प्रत्यक्ष लाईभ दोहोरी गायिका सुष्मा शाही ठकुरीलाई अवार्ड दिइएको थियो भने पुर्णिमा घिसिङ, सबुज मगर र निरा तामाङलाई सम्मान प्रदान गरिएको थियो ।

सोही अवसरमा मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले बस) चालक शान्ति भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्