Logo
Logo

आईजीपी फ्रान्स उडे, निमित्तको जिम्मेवारी राईलाई


5.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन उनी फ्रान्स गएका हुन् ।

इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् । आईजीपी कुँवर फ्रान्स प्रस्थान गरेपछि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्