Logo
Logo

महिला आयोगमै भुत्लाभुत्लीको त्रास



काठमाडौं । राष्ट्रिय महिला आयोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका अध्यक्ष कमला पराजुलीलाई नियुक्ति भएकै दिनदेखि असफल पार्न हिँडेकी आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाबीच अब भुत्लाभुत्ली हुन मात्र बाँकी छ । खतिवडालाई पनि ओलीले नै नियुक्त गरेका हुन् । तर, यी दुई बीचको सम्बन्धले महिला आयोगको काम नै प्रभावित हुने गरेको छ ।

अध्यक्ष कमला पराजुली र सदस्य कृष्णकुमारी पौडेल खतिवडा

आयोगको काम, कर्तव्य र अधिकारअनुसार आयोगको सदस्यले अध्यक्षलाई सहयोग पु¥याउनुपर्ने हो । तर, खतिवडाले पाइला पाइलामा अध्यक्षलाई अवरोध गरेका कारण आयोग नै बदनाम भएको छ ।

महिलालाई जबरजस्ती यौन हिंसामा निवेदन दिन लगाउने र त्यसै निवेदनको आधारमा पुरुषहरूसँग ‘बार्गेनिङ’ समेत हुँदै आएको छ । खतिवडाका कारण धेरै पुरुषहरू आयोगबाट प्रताडित हुँदै आएका धेरै छन् ।

आयोगमा परेको उजुरीको गम्भीर छानबिन गरी दण्डित गर्नुपर्ने भएमा मात्र कानुनी कारबाही गर्नुपर्नेमा खतिवडाले आयोगको निर्णयविनै आयोगको ‘लेटरप्याड’ दुरुपयोग गरेर जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने र प्रहरीलाई पक्राउ गर्न आदेश दिने गरेकी छिन् ।

यसरी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पठाइएका कतिपय पत्रबारे अध्यक्ष समेतलाई जानकारी हुँदैन । कतैबाट उक्त कुरा अध्यक्षको कानमा प¥यो भने ‘तपाईं नभएको बेला मैले अध्यक्षको हैसियतले पत्र लेखेकी हुँ’ भन्न पनि लाज मान्दिनन् उनी ।

ओलीकै शैली पछ्याउँदै खतिवडाले नियुक्ति भएदेखि नै उदण्ड स्वभाव प्रदर्शन गर्ने गरेको कर्मचारीहरू बताउँछन । एमालेको कोटाबाट नियुक्ति भएकी खतिवडाको विषयमा एमाले पार्टीभित्रै पटक पटक कुरा उठेको छ । उनीभन्दा योग्य, इमान्दार महिला कार्यकर्ता सयौंको संख्यामा अनेमसंघमा भए पनि ओलीले खतिवडालाई नै रोज्नु परेको कारण एमाले कार्यकर्ताहरूले पनि बुझ्न सकेका छैनन् ।

खतिवडासँग नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र रहेको खुल्न आएको छ । उनीसित एसएलसीको प्रमाणपत्र भारतबाट ल्याएको छ भने, आइएको प्रमाणपत्र पशुपति क्याम्पस चावहिलको छ ।

उनी कांग्रेसको कार्यकर्ता भए पनि एमालेको कोटामा नियुक्ति खाएकी छिन् । स्रोतका अनुसार पाँचथरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रत्नकाजी बज्राचार्य, कांग्रेस नेता सुरेन्द्रकुमार दाहाल, पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा र तत्कालीन पाँचथर क्याम्पस प्रमुख गोविन्द गुरागाईको आशीर्वाद पाएर कांग्रेसको कोटामा उनी महिला स्वरोजगार कार्यक्रमको पाँचथर प्रमुख भएकी थिएन ।

उनलाई नजिकबाट चिन्नेहरूले पाँचथरको च्याङथापुमा कक्षा ८ सम्मको अध्ययन गरेको बताउँछन् । तर, उनीसँग अहिले राजनीति शास्त्रमा स्नाकोत्तर उतीर्ण गरेको नक्कली कागजात छन् ।

समाचार स्रोतहरुका अनुसार खतिवडाका नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्