Logo
Logo

आईपीएलमा आज लखनउ र चेन्नई भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिजनको खेलमा चेन्नई र लुखनउ समान स्तरको टोलीका रुपमा देखिएका छन् । यी दुबै टोलीले यो सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेका हुन् ।

चेन्नईले यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको चौथो स्थानमा छ । लखनउले पनि यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

लखनउ आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नईसँग समान अंक भए पनि लखनउ नेट रन रेटमा पछाडि परेको हो । आईपीएलको १७औँ संस्करणमा यी दुबै टोलि अगाडि बढ्ने सम्भावना बलियो देखिन्छ ।

चेन्नई सुपर किङ्स आईपीएलको इतिहासमा सर्वाधिक सफल टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक आईपीएलको उपाधि जित्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्