Logo
Logo

नेपाल-कतारबीच ८ वटा सम्झौता



काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विभिन्न क्षेत्रमा समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीचको भेटवार्तालगत्तै सोल्टी होटलमा दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कतारी समकक्षीले
दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्