Logo
Logo

सशस्त्र प्रहरीले टौदह गर्यो विपद् प्रतिकार्य अभ्यास



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बु, काठमाण्डौले मनसुनको सुरुवातसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरुमा प्रतिकार्य गर्न चुस्त रुपमा परिचालन हुनको निमित्त पूर्व तयारी कार्यक्रम गरेको छ ।

काठमाडौंको किर्तिपुर नगरपालिका ६ टौदहमा संचालित बाहिनी स्तरिय विपद् प्रतिकार्य अभ्यास ‘मनसुन २’ कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा, गृहमन्त्रालय (एनइसीओ)का प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकाप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधी लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधी एवं स्थानिय जनप्रतिनिधीहरुको उपस्थित थिए ।

अभ्यासको मुख्य उदेश्य सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागी तयार रहन फौजको क्षमता अभिबृद्धी र सामाग्रीहरुको अध्यावधिक गर्न, सरोकारवाला निकायहरु विच समन्वय कायम गर्न, ज्ञान आदान प्रदान गर्न र विपद्को समयमा यसले पुर्यामउन सक्ने क्षती न्यूनिकरण गर्नको लागी प्रभावकारी रुपमा तत्काल टोली परिचालन गर्नु रहेको थियो ।

उक्त अभ्यासमा सशस्त्र प्रहरी बल, नेपालका विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुले स्थानिय श्रोत साधनको प्रयोग गरी, राफ्ट बोट, ओबीएम–आउट मोटर बोट, डकी बोटको सहायताले पिडितहरुलाई कसरी उद्धार गर्न सकिन्छ भनि कला प्रदर्शन गरिएको थियो । त्यसै गरी गोताखोर तालिम गरेका दक्ष जनशक्तिले गहिराईमा डुबेका पिडितहरुको उद्धार गर्ने कला समेत प्रदर्शन गरेका थिए ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागका विभागिय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुबिच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले विभिन्न विपद्जन्य घटनाहरु जस्तै आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्प जस्ता विपद्जन्य घटनाहरुमा खोज तथा उद्दार कार्यलाई चस्तदुरुस्त एंव थप प्रभावकारी बनाउनको निमित्त समयसमयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए ।

त्यसै गरी उनले गत आर्थिक बर्षमा सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका ईकाइहरु मार्फत जम्मा घटज्ञ वटा एकल एवं संयुक्त सिमुलेशन अभ्यासहरुको संचालन तथा यस आर्थिक बर्षको हालसम्म १२७ वटा सिमुलेशन अभ्यास संचालन एवं सहभागिता जनाई सकेको र यो क्रम आसन्न मनसुन अवधिभरसम्म निरन्तर जारी रहने कुरा बताए । त्यसै गरी यस आर्थिक बर्षमा ज्ञद्धण्घ वटा घटनाहरुमा कुल ज्ञडढटद्द जना सशस्त्र प्रहरी बलको जनशक्त देशभर रहेका ईकाईहरु मार्फत परिचाल भएको जानकारी उनले दिए ।

उनले भाद्र, आश्विन र कार्तिकमा सडक दुर्घटना, महामारी, चट्याङ्ग सम्बन्धी त्यस्तै गरी मंसिर, पौष र माघमा लु तथा डिहाईड्रेसन, सितलहर तथा जाडो सम्बन्धी, फाल्गुन र चैत्रमा आगलागी, हावाहुरी तथा आधिवेरी, भक्तकिएका संरचनामा प्रयोग गरिने उद्धार सामाग्रिहरुको प्रयोग तथा बैशाख, जेष्ठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरो सम्बन्धी विपद् सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको जानकारी दिए ।

सो अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवाद ज्ञापनको क्रममा विपद् जोखिम न्युनिकरण गर्ने तथा तयारी गर्ने कार्यमा स्थानिय तह र सरोकारवाला निकायहरुसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्