Logo
Logo

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, आजै ६ जनाले शपथ लिने



काठमाडौं । कर्णाली प्रदेशमा आज ६ जना मन्त्रीले शपथ लिने भएका छन् ।

साढे दुई बजेट मन्त्रीहरुलाई शपथ गराउन मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा चिठी गएको छ । यद्यपि नेकपा माओवादीका प्रमुख सचेतक रणसिंह परियारबाहेक मन्त्री बन्न लागेका पाँच जनाको नामै तोकिएको छैन ।

केही दिनअघि नेकपा माओवादीबाट रणसिंह परियार विनाविभागीय मन्त्री बनेका थिए । अहिलेसम्म उनको मन्त्रालय पनि तोकिएको छैन ।

गएको चैत २७ गते मुख्यमन्त्री बनेका यामलाल कँडेलले विश्वासको मत लिँदा परियारलाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि आज एकजना बाहेक मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन् । कर्णालीमा सत्तारुढ दलहरु माओवादी र एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न सकेको थिएन ।

वैशाख ११ गते दुई दलबीच मन्त्रालय भागबण्डा टुंगिएको थियो । जसअनुसार माओवादीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, जलस्रोत तथा उर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गरि चार वटा लिने सहमति भएको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेले, आन्तरिक मामिला तथा कानुन, कृषि र भौति पूर्वाधार गरि तीन मन्त्रालय लिने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्