Logo
Logo

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४२२ जनासँग ३ करोड ठगी, मुख्य गिरोह भारतमा



काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सयौँलाई ठग्नेलाई पक्राउ गरेको छ ।  आज (मङ्गलवार) उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक धादिङको धुनिबेसी नगरपालिका ४ का  आफूलाई जीवा गौतम बताउने रमेश बयलकोटी र अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपाली रहेका छन् । 

उनीहरूले  सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोयशियासमेतका देशमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउपछि आज सार्वजनिक गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोली मकार्ड समेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोह पक्राउ परेको बताए ।

बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजङ बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ ठगी गरेका पाइएको छ। 

उनीहरूले सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाउ, टर्कीलगायतका देशमा जान अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सल्टेन्सीमै बोलाइ करिब ४२२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताएर ठगी गरेका छन्।

गिरोहले शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाइ रकम लिने गरेको खुलेको प्रहरीले बताएको छ। त्यसका मुख्य गिरोह भने भारतमा बसी काम गर्ने गरेको पनि प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूले ४२२ जनाबाट करिब ३ करोडभन्दा बढी रकम उठाएको प्रहरीले जनाएको छ।

उनीहरुको महाराजगञ्जको कन्सलटेन्सीबाट २० र दर्शन नेपालीको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानीलगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्