Logo
Logo

‘फेस अफ नेपाल-२०२४’का लागि आवेदन खुला



काठमाडौं । ‘फेस अफ नेपाल’को नयाँ संस्करणका लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘फेस अफ नेपाल–२०२४’ घोषणा गरेको हो ।

मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागीता जनाउन पाउनेछन् । यसका लागी बैशाख १७ गतेदेखि नै आवेदन खुला गरिएको छ ।

आयोजक संस्थाकी प्रवन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगितामा १८ देखि ३० वर्ष उमेर समुहका पुरुष तथा महिला सहभागी हुन सक्नेछन् भने ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् ।

आवेदन फारम खल्ती एप तथा अनलाइनबाट पनि दिन सकिने छ । जसका लागि प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवस्यक पर्ने विवरण भर्नुपर्ने छ ।

नेपालको सातै प्रदेशमा अडिसन गरिने आयोजकले जनाएको छ भने काठमाडौमा ग्राण्ड फिनाले गरिनेछ । यस प्रतियोगिताका बिजेताले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’मा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्