Logo
Logo

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध



काठमाडौं । टर्कीले इजरायलसँगको सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको छ । गाजामा इजरायलका कारण मानवीय संकट गहिरिँदै गएको भन्दै टर्कीले सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको हो ।

बीबीसीका अनुसार टर्कीको व्यापार मन्त्रालयले गाजामा विना अवरोध पर्याप्त मद्दत सुनिश्चित नभएसम्मका लागि यो निर्णय लागू हुने स्पष्ट पारेको छ । गत वर्ष इजरायल र टर्कीबीच ७ अर्ब डलरको व्यापार भएको थियो ।

टर्कीले सबै प्रकारका उत्पादनको व्यापार स्थगित गरिएको र यो नियम कडाइका साथ लागू हुने जनाएको छ । टर्कीको यो निर्णयपछि इजरायलले टर्कीका राष्ट्रपति रिसेप तायिप एदोर्गानले तानाशाहजस्तो व्यवहार गरेको आरोप लगाएको छ ।

सन् १९४९ मा टर्की इजरायललाई मान्यता दिने पहिलो मुस्लिम बहुसंख्यक देश बनेको थियो। तर पछिल्ला वर्षमा यी दुई देशबीचको सम्बन्ध बिग्रिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्