Logo
Logo
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री सोडारी आज पनि विश्वासको मत लिने तयारीमा



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । शुक्रबार विश्वासको मत लिनेगरी बोलाइएको प्रदेशसभा बैठक बस्दै–नबसी स्थगित भएको थियो । आज फेरि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

शुक्रबार ८ बजेका लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेन । नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको थियो ।

यस्तै, आज साँझ ५ः३० बजे विश्वासको मत लिनेगरि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रहपछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले थप चिढिएको छ । शुक्रबारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिबार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।

उनले भने, ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ । तर, हामीसँग सल्लाह नगर्ने, आजको लागि पनि सल्लाह भएको छैन । यसरी पनि हुन्छ ?’ उनले यो गठबन्धनको सरकार भएकाले सबै दलसँग सल्लाह गर्नुपर्ने बताए ।

सोडारी विश्वासको मत लिन हतारको गरेको बताउँदै रावले भने, ‘कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन ।’ साथै, बझाङको उपनिर्वाचनमा निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्