Logo
Logo

भोलिदेखि काठमाडौंका यी ठाउँमा दैनिक ४ चार घण्टा बत्ती जाने



काठमाडौं । काठमाडौंका केही ठाउँमा भोलि (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्