Logo
Logo

‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ मा ४० प्रतियोगी छनोट



काठमाडौं । विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरुको कला, प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर–२०२४’ हुने भएको छ । आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिता जुनियर र सिनियर गरी दुई भागमा विभाजन गरिएको छ । आयोजकका अनुसार ‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर’ ६ देखि १२ वर्षसम्म जुनियर र सिनियरतर्फ १३ देखि १६ वर्षसम्मका बालबालिकाले सहभागी जनाउन पाउनेछन् ।
प्रतियोगिताको यो पहिलो संस्करण हो । यस संस्करणमा जुनियर र सिनियर गरी ५० जना प्रतियोगी अन्तिम प्रतिस्र्धाका लागि छनोट गरिने आयोजकले जनाएको छ ।

आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट बताएकी हुन् । उनले भनिन्, ‘४० जना छनोट भइसकेका छन् । अब १० जना प्रतियोगी छनोट गरिने छ ।’

अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने प्रतियोगीहरुलाई व्यक्तित्वविकास लगायतका विभिन्न ग्रुमिङ कक्षा दिइने छ । जेठ ४ गतेदेखि प्रतियोगीहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक अमृता राईले जानकारी दिइन् । यस प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीको गर्दैछन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा (ग्राण्ड फिनाले) जेठ २६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष दुई विजेताले उपाधिसहित नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्