Logo
Logo

चर्चा बटुल्दै ‘युक्पुङ’को गीत ‘माछीलाई मार्नु’ (भिडियोसहित)



काठमाडौं । लिम्बू संस्कृति र मौलिकतामा आधारित चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’को गीत हालै सार्वजनिक गरिएको छ । ‘माछीलाई मार्नु’ बोलको यस गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।

यो चलचित्र यही बैशाख २९ गते कमलपोखरीस्थित बिग मुभिजमा विशेष प्रदर्शनी हुँदैछ । चलचित्र ‘युक्पुङ’को गीतसँगै हालै ट्रेलर पनि सार्वजनिक गरिएको थियो । निर्माणपक्षले गीत र ट्रेलर सार्वजनिक गरेसँगै प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र काठमाडौंभन्दा अगाडि मे १ तारिख अर्थात बैशाख १९ गते हङकङमा प्रदर्शन हुदैछ ।

सार्वजनिक ‘माछीलाई मार्नु’ बोलको यस गीतम मदन वनेम र यासेली योङहाङको शब्दरचना रहेको छ भने पाश्र्वसंगीत मदन वनेमकै रहेको छ । यस गीतमा स्वर सुनिता थेगिमको रहेको छ ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलत्रि ‘युक्पुङ’लाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । चलचित्र ‘थुक्पुङ’मा एउटा बस्तीको कथालाई चित्रण गरिएको छ ।

सहरबाट अध्यापनका लागि गाउँ पुगेका एक शिक्षक, जो मातृभाषा र पालाम बुझ्दैनन् । तिनै शिक्षित युवा र गाउँबस्तीमा हुर्केकी अनपढ तर मातृभाषा र मौलिक संस्कुतिप्रति जागरुक युवतीबिचको प्रेम र संघर्षलाई ‘युक्पुङ’मा कथानक रुपमा प्रस्तुत गरिएको छ ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय रहेको छ ।

नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा (सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको चलचित्र ‘युक्पुङ’मा रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन र तारा शर्माको शृँगार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्