Logo
Logo

जे अथरको नयाँ गीत ‘किच किच’ (भिडियो)



काठमाडौं । गायक विजय घिमिरे (भिजे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ । आर.एन.बी. शैलीको उक्त गीतलाई भिजे, जे अथर र युबेन ब्लाकले संयुक्तरुपमा लेखेका छन् भने गीतको बिट जे अथरले बनाएका हुन् ।

युकेमा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैलीको गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोतालाई मनपर्ने गायकको विश्वास छ । गीतको भिडियोलाई भीजे म्युजिक नामक युटुबबाट सार्बजनिक गरिएको छ ।

यसअघि गायक (भिजे)ले बेहुली, आइ लब यु, तिम्रो मेरो माया लगायतका गीत सार्बजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्