Logo
Logo

विश्वासको मतका सम्बन्धमा निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री केदार कार्कीलाई नै दिएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले र माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने छ ।

सोही विषयमा छलफलका लागि आज बिहान बसेको प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा कार्कीलाई नै दिएको हो ।

विश्वासको मतका सम्बन्धमा स्वविवेकमा राजनीतिक निर्णय लिने कि संवैधानिक निर्णय गर्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगाउन उच्चतम प्रयास जारी राख्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्