Logo
Logo

रचना भन्छिन्- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा ढिला भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।

आइतबार पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेकी हुन् ।

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राख्दै स्थगित गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा आठ वर्ष जेल जसाय सुनाएपछि सन्दीप पुनरावेदनका लागि उच्च गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्