Logo
Logo

मलेसियासँग गृहमन्त्रीकाे अनुरोध: जीवी राई पक्रन सघाउनुहोस्



काठमाडौं । सहकारी ठगी गरेर फरार भएका जीवी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् ।

उनी विरुद्ध ३ महिनाअघि नै रेड कर्नर नोटिस जारी भइसकेको छ । जीवी राईलाई पक्राउ गर्न नसकेको भन्दै लामिछानेको चर्को आलोचना भइरहेको छ । सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीका बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेर राई लामो समयदेखि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्