Logo
Logo

माओवादीले बनायो २ केन्द्रीय सदस्यलाई जिम्मेवारी मुक्त 



काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई नेतालाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । उनीहरुले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।

‘पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्माले पार्टी परित्याग गरेको हुनाले उनीहरू दुवै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ’, केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकले गरेको निर्णयमा भनिएको छ ।
माओवादीले रिक्त केन्द्रीय सदस्य पदमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्