Logo
Logo

हमासद्वारा रकेट आक्रमण, तीन इजरायली सैनिकको मृत्यु



एजेन्सी । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गर्दा अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ ।

यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पु¥याउने केही मार्गहरू मध्ये एक हो ।

यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ । दुई दिनसम्म चलेको वार्तामा सहमति हुन सकेन । अब प्रतिनिधिमण्डल कायरोबाट हमास शीर्ष नेतृत्वसँग कुरा गर्न कतार जानेछ ।

इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिनको युद्धविरामको प्रस्ताव गरेको थियो। तर, हमासले स्थायी युद्धविरामको माग गर्दै आएको छ ।

गाजामा इजरायली आक्रमण अक्टोबर ७ मा सुरु भएको थियो। यसैबीच, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजार ६ सय प्यालेस्टिनीले ज्यान गुमाएको र करिब ७८ हजार मानिस घाइते भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्