Logo
Logo

आज बागमती प्रदेशमा सार्वजनिक बिदा



काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौँडाले सबै सरकारी कार्यालयमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । तर बागमती प्रदेश सरकारले बिदा दिए पनि काठमाडौँ उपत्यकाका संघीय सरकारमातहतका कार्यालयमा भने बिदा हुने छैन ।

प्रतिक्रिया दिनुहोस्