Logo
Logo

काठमाडौंमा भोलि र पर्सि ठूलो पानी पर्ने



काठमाडौं । जल तथा मौसा मपुर्वानुमान महाशाखाले काठमाडौंमा अझै तीन दिन वर्षा हुने सम्भावना रहेको बताएको छ ।

पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण तीन दिन वर्षा हुने भएको हो । हिजो काठमाडौंका एकदुई ठाउँमा मात्रै वर्षा भएको थियो । त्यसको तुलनामा आज केही ठूलो र धेरै भू–भागमा वर्षा हुने मौसमविद् सरोज पुडाशैनीको भनाई छ ।

त्यस्तै काठमाडौं उपत्यकामा आजभन्दा भोलि (मंगलबार) र पर्सि (बुधबार) ठूलो पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । ‘आजसम्म काठमाडौंमा हल्का वर्षाको मात्रै सम्भावना छ । तर भोलि र पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले विकास भएको प्रणाली कमजोर नहुँदासमम पानी पर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्