Logo
Logo

पर्साका प्रहरीलाई हिमालयन बैंकको सहयोग



काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगञ्ज, पर्सालाई ३ लाख ७ हजार ५०० रुपैयाँ बराबरको चेष्ट स्टा्रपसहित पाँच थान गोप्रो हिरो १२ क्यामरा हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप ती सामग्री प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहका बीच हस्तान्तरण गरेका छन् । उक्त समारोहमा बैंकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्