Logo
Logo

पेस्तोल देखाएर सहकारीका कर्मचारीबाट ८० लाख लुटियो



काठमाडौं । जनकपुरधाममा सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतोलाई हतियारधारीले पेस्तोल देखाएर ८० लाख लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्