Logo
Logo

सुविसु इन्टरनेट कम्पनीले तिरेन ४५ करोड भ्याट



काठमाडौं । नेपालको पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुले ग्राहकबाट उठाएको ४५ करोड भ्याट बातिको रकम तिर्न आनाकानी गरेको छ । कम्पनीले ४५ करोड भन्दाबढि रकम तिर्न अस्वीकार गरेको खुल्न आएको छ । सोमबार ठूला करदाता कार्यालयले सुविसुले कर नतिरेको भन्दै सूचना जारी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्न अस्वीकार गरेको हो । रेटिङ एजेन्सी केयर नेपालका अनुसार कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ६४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । जसअनुसार कम्पनीले कुल व्यापारको १३ प्रतिशतले भ्याट तिर्नुपर्ने कानुनी प्रावधान छ ।

कुल व्यापारको १३ प्रतिशतले हुन आउने ४५ करोड भ्याट कम्पनीले ठूला करदाता कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ । अर्थात, आर्थिक वर्ष २०७९÷०८० मा कुल कारोबारको ४५ करोड रुपैंया भ्याट दाखिला गर्नुपर्ने हुन्छ ।

कम्पनीलाई कर दाखिला गर्न पटक–पटक ताकेता गर्दा पनि कम्पनीले अटेरी गर्दै आएको ठूला करदाता कार्यालयले जनाएको छ । कम्पनीले अन्तिम पकट कर चुक्ताको प्रमाणपत्र २०७९ पुस २९ लिएको कार्यालयको तथ्यांकमा देखिन्छ ।

यसपछि २०८० पुस मशान्तभित्र कर चुक्ताको प्रमाणपत्र लिइसक्नु पर्ने भएपनि कम्पनीले लिएको छैन । कम्पनीले ४ महिनासम्म पनि कर चुक्ता गर्न नमानेपछि कार्यालयले कारबाही प्रकृया अघि बढाएको हो ।

कम्पनीले आयकर भने दाखिला गरेको कार्यालयले जनाएको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७७ करोड १० लाख बराबरको कारोबार गरेको थियो । यस्तै, सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख कारोबार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको कम्पनी नेपालको इतिहासमा सबैभन्दा पहिले इन्टरनेट वितरण गर्ने कम्पनी हो । कम्पनीले नेपाली बजारको कुल १० प्रतिशत बजार हिस्सा ओगट्ने जनाएको छ ।

यस्तै, २८ लाख सक्रिय ग्राहक रहेको कम्पनीको दाबी छ । कम्पनी आयकरमा २०५७ साउन ५ गते दर्ता भएको हो । यस्तै, भ्याटमा २०५७ साउन ६ गते दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्