Logo
Logo

एक महिनामा ९ जिल्लाका प्रहरी प्रमुख कारबाहीमा



काठगमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ ।
पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो ।

सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ । दुई साताअघि सिन्धुलीका एसपी विनोद शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको थियो ।

त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका आधारमा कारबाहीस्वरूप हटाइएको थियो । बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधि ज्ञवाली, महोत्तरीका श्यामकुमार राई र धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरूलाई गत २३ वैशाखमा हटाइएको थियो ।

उनीहरुविरुद्ध बिचौलियासँग आर्थिक लेनदेन गरेको, तस्करी नियन्त्रणमा राम्रो भूमिका नखेलेको, सर्वसाधारणसँग राम्रो व्यवहार नगरेको लगायतका उजुरी पटकपटक परेपछि उजुरीको आधारमा छानबिन गरी जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्