Logo
Logo

सशस्त्रको डिआइजी सरुवामा गृहमन्त्रीको छायाँ



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी ) र १८ जना वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको एक साथ गरिएको सरुवामा हस्तक्षेप गरेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकै साथै डीआईजी र एसएसपीहरुको सरुवा गरेका हुन् । मन्त्री लामिछानेले आफूले छानी छानी सरुवा गरेका छन् । सरुवा अनुसार डीआईजी ई.किशोर प्रधानलाई नम्बर–९ पशुपति बाहिनी मुख्यालयमा सरुवा गरिएको छ । उनी एआइजी हुन दौडधुप गरिरहेका छन् ।

नम्बर–३ गढीमाई बाहिनीमा गणेश ठाडामगरलाई पठाइएको छ । उनी मधेश प्रदेशमा बसेर आएको केही समयमै मधेश प्रदेशको काठमाडौ नाकामा सरुवा भएका हुन् । उनले वीरगन्ज र बाराको लाइन चलाउने गरेको स्रोतको दावी छ ।

भदौमा घर जाने नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा अभिकुमार खत्रीलाई राखिएको छ । लामो समयदेखि उनी त्यही बस्दै आएका छन् । लामिछानेसँग निकट रहेका पूर्व डिआइजी छविलाल बञ्जाडेका साढु भाई रहेका खत्रीलाई रोक्न रवि आफै सक्रिय भएका थिए ।

अवकाशको एक वर्ष अवधि कमाण्ड नदिने नीति विपरित खत्रीलाई त्यहाँ राखिएको हो । नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ । नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ ।

एकेडेमीको टायल आप्नो घरमा लगेको आरोप लागेका तथा शारीरिक रुपमा स्वस्थ समेत नभएका सुवेदीलाई महत्वपूर्ण जिम्मेवारी दिनुमा लामिछानेकै हात रहेको स्रोतको दावी छ ।

प्रदेश–२ स्थित छिन्नमस्ता बाहिनीमा डीआईजी कालिदास धौबजीलाई पठाइएको छ । उनी गण्डकी प्रदेशबाट मधेश प्रदेशमा पुगेका हुन् ।

नम्बर–१ बाहिनीमा कार्यरत अन्जनी कुमार पोखरेललाई स्टाफ कलेज र पशुपति बाहिनीमा कार्यरत पुरुषोत्तम थापालाई प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । यसपल्टको सरुवमा थापालाई हदैसम्म पेलिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६ जना र प्राविधिकतर्फ २ जना छन् । सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ ।

प्रवक्ता भएर पत्रकारको आलोचना गर्ने, हेप्ने तथा अशिष्ट व्यवहार गरेको आरोपमा उनलार्य सरुवा गरिएको स्रोतले जनाएको छ । रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा पठाइएको छ ।

थापालाई इन्टेलिजेन्स व्यूरोमा रहँदा संगठनलाई गलत सूचना दिएको आरोप रहेको छ । सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्