Logo
Logo

ममाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने आधार नै छैन : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूमाथि छानबिन गर्न संसदीय समिति बनाउने आधार नभएको बताएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्षहरू सम्मिलित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महान्यायाधिवक्ता कार्यालयले नै आफूविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको दाबी गरेका हुन् ।

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्रीले भने, ‘महान्यायाधिवक्ता कार्यालयले नै मविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै छैन । आधार नभई किन छानबिन समिति बनाउने ? यदि केही आधार नभई बनाउने हो भने सहमति गरौँ। भ्रष्टाचार मुद्दा मा दोषी ठहर भएको संसदमा आउने, कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने ।’

गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताए । उनले भने, ‘नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेका छौँ। संसदमा विधेयकमा आउँछ । बचतकर्ताको पैसा फिर्ता हाम्रो प्राथमिकता हो। प्रतिपक्षीले यसमा साथ दिनुपर्छ ।’

उनले जिबी राईका सम्बन्धमा मलेसियाका गृहमन्त्रीसँग सकारात्मक कूटनीतिक छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्