Logo
Logo

टी-२० र युरो २०२४को अवसरमा डिशहोमले रोड-शाे गर्दै 



काठमाडौं । डिशहोमले मङ्गलवारबाट सुरु भई रहेको रेडियो अन–व्हील्स रोड–सो कार्यक्रम सँगको सहकार्यमा आफ्नो सेवा–सुविधाहरूको प्रचार प्रसार गर्ने भएको छ । 

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू समेटिने छन् । जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने छन् । यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिनेछन् । 

कम्पनीका अनुसार सहभागीहरू विभिन्न खेलका प्रतियोगितामा सहभागी भई पुरस्कारहरू जित्न सक्नेछन् ।  वैशाख २५ गते साँझ ४ बजे देखि धरान बसपार्कबाट रेडियो अन व्हिल सुरु हुनेछ । वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ । डिशहोमले आउँदो टी–२० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–सो गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्