Logo
Logo

नबिल बैंकले ८ प्रतिशत ब्याजदरको डिबेन्चर निष्कासन गर्ने



काठमाडौं । नबिल बैंकले ‘८% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।बैंकले नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस सम्बन्धमा दुई कम्पनीले मंगलबार सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेण्ट बैकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे ।

३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । प्रति ऋणपत्रको अंकित मूल्य १,००० रूपैयाँ छ। वार्षिक ८ प्रतिशत ब्याजदरको ऋणपत्रको अवधि ८ वर्षको छ ।

बैंकका अनुसार १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वसाधारणका लागि निष्कासन गरिनेमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

प्रतिक्रिया दिनुहोस्