Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्दैछ ।

आजको बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

बुधबार बसेको बैठकमा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको थियो । यो विषयमा आज बस्ने बैठकले आधिकारिक धारणा तय गर्ने कांग्रेसले जनाएको छ ।

सरकारले रवि जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे बैशाख २८ गते बस्ने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान कायमै छ ।

प्रतिक्रिया दिनुहोस्