Logo
Logo

गोली चलाएर लागुऔषध कारोबारी पक्राउ



बाँके । लागुऔषध कारोबारी नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाएको छ । आज बिहान कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिएको छ ।

ब्युरोका अनुसार इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको थियो । कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्युरोका एक अधिकारीले बताए । उनका अनुसार सो क्रममा परियारसहित अर्का एक कारोबारी पक्राउ परेका छन् ।

परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलाएको बताइएको छ । कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्