Logo
Logo

प्रदेश प्रमुखले हिक्मत कार्कीका समर्थकलाई सनाखतका लागि बोलाए



विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन् ।

आज कार्कीले नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख खापुङले ती समर्थकहरुलाई आजै दिउँसो साढे १२ बजेभित्र उपस्थित भइ सनाखत गर्न भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्