Logo
Logo

हिक्मत कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री नियुक्त



विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यससँगै कार्की तेस्रोपटक मुख्यमन्त्री बनेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदले हस्ताक्षर सनाखत गरेका थिए । सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । मुख्यमन्त्री नियुक्तिसँगै आजै सपथको तयारी गरिएको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्