Logo
Logo

इजरायलमा हतियार आपूर्ति रोक्ने अमेरिकाको चेतावनी



एजेन्सी । अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गरिदिने बताएका हुन् ।

इजरायलले गाजा शहर रफाहमा भूमिगत कारबाही शुरु गरेमा हतियार आपूर्ति बन्द गर्ने बाइडेनको भनाइ रहेको सीएनएनले जनाएको छ ।

राष्ट्रपति बाइडेनले सर्वसाधारणको जीवन रक्षाका लागि इजरायललाई दिँदै आएको सैन्य सहयोग कटौती गर्नुपर्ने बताएका छन् । यसअघि हिजो पनि अमेरिकाले इजरायलमा पठाउन लागेको बम तथा विस्फोटक पदार्थ रोकेको थियो ।

इजरायलले रफाहमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेको छ । तर दक्षिणी गाजाको आधाभन्दा धेरै जनसङ्ख्या रहेको रफाह शहरमा इजरायलले आक्रमण गरेमा धेरै नागरिकको हताहत हुनसक्ने भन्दै अमेरिकाले चिन्ता जनाएको छ ।

इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासको अन्त्यका लागि रफाहमा आक्रमण गरेरै छाड्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्