Logo
Logo

वन्यजन्तु तस्कर कुञ्जोक तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर



काठमाडौं । विशेष अदालतले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङलाई एक वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कुञ्जोकलाई ६७ लाख ६५ हजार बिगो र त्यति नै रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध वन्यजन्तुको अंग (आखेटोपहार)को तस्करी गरी सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई १६ वैशाखमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले ६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका कुञ्जोकले ७ करोड १४ लाख रुपैयाँ कमाएको देखिएको भन्दै ६७ लाख ६५ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो ।

हुम्लाका कुञ्जोक छिरिङ तामाङ वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा दोषी ठहर भइसकेका व्यक्ति हुन् । अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएको र उनीहरूलाई आखेटोपहार बेचेको आरोपमा उनी कारागारमा छन् । वैशाख २०७८ मा उनलाई जिल्ला अदालत रसुवाले सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्