Logo
Logo

सभामुखले गरे सचेतकहरूसँग छलफल, संसद्को गतिरोध खुल्नेमा संशय कायमै



काठमाडौं । सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल सकिएको छ । सभामुख घिमिरेले शुक्रबारबाट सुरु हुने प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउने प्रयास गर्दै आएका छन् ।

यसअघि शीर्ष नेताहरूसँग छलफल गरेका सभामुख घिमिरेले बिहीबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका हुन् ।

बिहीबारको छलफलमा सभामुख घिमिरेले पहिलो दिन सबै दलका शीर्ष नेताहरूलाई बोल्न दिने सम्भावित कार्यसूचीको विषयमा जानकारी गराएका थिए ।

तर कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌‌मा सुन्न पार्टीले आधिकारिक रूपमा निर्णय लिनुपर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्