Logo
Logo

चितवनमा ३७ हजार बालबालिकालाई आइपिभी खोप


189
Shares

चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ 

बालबालिकालाई सहभागी गराइने भएको छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयरा दवाडीका अनुसार उनीहरूलाई ५ सय १० खोप केन्द्रबाट खोप दिन लागिएको हो ।

अभियानमा ४ सय १२ स्वास्थ्यकर्मी र ७ सय २३ स्वयंसेविका परिचालन गरिनेछ । विसं २०७३ वैशाखदेखि २०७५ साल सोजसम्म जन्मिएका बालबालिकालाई खोप दिइने छ । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग पोलियोमाइलाइटिसविरुद्ध यो खोप दिन लागिएको हो ।

यस अभियानमा भरतपुर महानगरपालिकामा १९ हजार दुई सय ९४ बालबालिकालाई यो खोप दिइँदै छ । यस्तै, रत्ननगर नगरपालिकाका ४ हजार ३ सय ६९, राप्ती नगरपालिकाका ३ हजार ८ सय ५३, खैरहनी नगरपालिकाका ३ हजार २ सय ६१, कालिका नगरपालिकाका २ हजार ३ सय ३४, माडी नगरपालिकाका २ हजार १ सय २९ र इच्छाकामना गाउँपालिकाका १ हजार ४ सय ७४ बालबालिकालाई खोप दिन लागिएको दवाडीले बताए ।

जिल्लाका हरेक विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिने जनाइएको छ । विद्यालयबाहिर रहेका बालबालिकाका लागि सो दिन विद्यालयमा ल्याएर वा भोलिपल्ट स्वास्थ्य संस्थामा ल्याएर खोप दिइने उनले जानकारी दिए ।

कार्यालयका प्रमुख दिनेश रुपाखेतीले यो खोपले बालबालिकाको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपर्ने हुँदा ढुक्क भएर प्रयोग गर्न आग्रह गरे । नेपालमा अहिले पोलियोको समस्या नदेखिएको भन्दै उनले देश पोलियोसँगको अन्तिम लडाइँमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्