Logo
Logo

गीतकार टीका भट्टराईको ‘मुर्च्छना’माथि विमर्श


2.3k
Shares

काठमाडौं । गीतकार तथा साहित्यकार टीका भट्टराईको गीतसंग्रह ‘मुर्च्छना’माथि विमर्श गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा संघकै सभाकक्षामा एक कार्यक्रमबीच उक्त संग्रहमाथि विचार विमर्श गरिएको हो ।

गीतकार टिकाको उक्त गीतिसंग्रह केही समयअघि मात्र सार्वजनिक भएको थियो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षता तथा सम्मानित गीतकार विश्व वल्लभको प्रमुख आतिथ्यतामा सम्पन्न विचार विमर्श कार्यक्रममा विशेष आतिथिका रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य चेतन सापकोटा रहेका थिए ।

कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी ‘निराकर’ले गरेका थिए भने गीति संग्रहमाथि गीतकार प्रमोद ढुंगाना र सन्तोष श्रेष्ठले स्रष्टाको सिर्जना अब्बल भएको र विभिन्न कालखण्डमा रचिएका सिर्जनाले समयबोध गराएको बताएका थिए । उनीहरुले गीतकार भट्टराई आगामी दिन अझ सशक्तरुपमा अगाडि बढ्न प्रेरित गरेका थिए । कार्यक्रममा गीतकार भट्टराईले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै आफ्नो लेखनबारे आफ्नो अनुभव सुनाएकी थिइन् ।

संघका उपाध्यक्ष रमेश कोइरालाले सञ्चालन गरेको कार्यक्रममा गीतकार गंगाराज मुकारुङ, रबिन्द्र आशिष शैली, भरत बम्जन, राम भट्टराई, नारायणकुमार आचार्य, तारा अधिकारी, गोविन्द शृङ्खला, डा. आमकृष्ण प्रसाईं, संगीतकार अष्ट लामा, ज्योति प्रकाश, झलक संग्रौला, गणेश पराजुली, कलाकार उत्तम केसी, ताराबीर पाण्डेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्