Logo
Logo

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण


378
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा नपा–१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।

यही २०८१ जेठ १६ गते बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो । विद्यालय सञ्चालनका लागि अतिआवश्यक खानेपानी अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो ।

दुई सय ८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयले ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकामा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या रहेको थियो ।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरु हरुमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्