Logo
Logo

कोरियामा नेपाली संस्कृति र परिकारको परिचय गराउँदै


252
Shares

दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी १ सय किमीको दुरीमा रहेको ख्यङ्गगिदो प्रान्तको फेन्थेक सिटिहलको प्राङ्गघनमा हिजो २ तारिख आईतबारको दिन आयोजित १७ औ विश्व जनसंख्या दिवशको उपलक्ष्यमा आयोजित बृहत बहुराष्ट्रिय सांस्कृतिक महामेलामा सहभागी नेपालीहरुले नेपालको राष्ट्रिय भेषभुशा, परिकार , नृत्य आदिहरु प्रदर्शन गरी नेपाल र नेपालीहरुको भव्य रुपमा परिचय गराउन सफल भएका छन् । 

फेन्थेक नगर पालिका र फेन्थेक माईग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा ईपीएस मार्फत कोरिया आउने १६ वटा राष्ट्र मध्ये नेपाल, कम्बोडिया, फिलिपिन,म्यानमार लगायत ११ वटा राष्ट्रका संघ संस्थाहरुले सहभागी जनाएका थिए ।

कार्यक्रममा फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली कमिटिका अध्यक्ष मनोज चापागाईँले आजको कार्यक्रम भनेको विभिन्न राष्ट्रका कला संस्कृति परिकारको परिचय गराउने प्लेटफर्म रहेको बताउँदै नेपाली मोडेलहरूले राष्ट्रिय पोसाकमा रेड कार्पेटमा वर्किङ्ग गर्ने, नेपालीहरू विश्वमा गोर्खाली भनेर पनि परिचित भएको हुने गोरखा पल्टन नामक फिल्मको गीतमा नृत्य प्रदर्शन गरेको र नेपाली परिकारमा चटपटे र विर्यानीको परिकार राखेको बताए ।

सोही कार्यक्रममा नेपाली परिकारका सेफको भूमिका निभाई रहनु भएको कमल सापकोटाले चटपटे भनेको नेपाली मात्र नभई कोरियाको अधिकांश युवाहरूले मन पराउने खाजा हो । चटपटेमा गेडागुडी र हरियो परियो बढी प्रयोग गर्ने हुनाले पछिल्लो समयमा उमेर खाएकाहरूले पनि स्वास्थ्यको लागी राम्रो हो भन्दै चटपटे रुचाउन थालेका छन् । 

साथै विर्यानीमा प्रयोग गरिने  बासमती चामल कोरियनहरूको लागी नौलो स्वाद भएको बताउँदै कोरियन मात्र नभएको अन्य राष्ट्रका नागरिकहरूले पनि हामीले बनाएको परिकारहरू मिठो र स्वादिष्ट गरी खाई दिएको बताए । 

सोही कार्यक्रममा विभिन्न राष्ट्रको खाना प्रतिस्पर्धामा जर्जको भूमिका निर्वाह गरी रहनु भएका माईग्रेन्ट सेन्टरका पदाधिकारी सिन यङ्ग मिले अन्य राष्ट्रको तुलनामा नेपाली खाना अलिक फरक रहेको बताउँदै कोरियाको खानामा केहि मात्रामा नुन र चिनी मिसाएर लगाउने संस्कार छ तर नेपालको खानामा नुन मात्र लगाउने रहेछ त्यसैले चर्को भएको महसुस गरे तर चटपटेको स्वाद हामी कोरियनहरूको स्वाद सँग मिल्दो जुल्दो पिरो र स्वास्थ्यको लागी राम्रो मानिने गेडागुडी प्रयोग गर्ने रहेछ मिठो लाग्यो भने ।

सोही कार्यक्रममा एनआरएन कोरियाका अध्यक्ष बुद्धि गुरुङ्गले भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो भनी अंकित हातेपंखा कोरियन लगायत विभिन्न देशका नागरिकहरुलाई निशुल्क बितरण गरेका थिए ।

कोरियाका विभिन्न राजनीतिक पार्टीका सांसद, फेन्थेक सिटिका मेयर लगायत विभिन्न राष्ट्रका कूटनीतिक नियोगका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तर सो कार्यक्रममा नेपालको कूटनीतिक नियोग नेपाली राजदूतावासबाट एक जना प्रतिनिधी पनि आएका थिएनन् । 

प्रतिक्रिया दिनुहोस्