सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेस गर्ने गर्दैछ । बुधबार दिउँसो ३ बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ ।
सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ ।यसपटक कार्यान्वयनमुखी योजनामात्रै बजेटमा समावेश गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन लागेको बताइएको छ ।
बहुवर्षीय योजनाका कारण हरेक वर्ष अन्य योजनाहरु कम समेटिएकाले यो पटक बहुवर्षे सक्ने गरी नीति तथा कार्यक्रम तय हुनेछ ।