Logo
Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शपथ ग्रहण


1.6k
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । मोदीले शपथ लिएपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रो नम्बरमा अमित शाहले शपथ लिएका छन् । सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए । उनीहरुलाई मोदीका निकट सहयोगी मानिन्छ ।

त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्