Logo
Logo

गोकर्णेश्वरको हनुमानचोक र कागेश्वरी मनोहराको भद्रवासमा प्राइमको थप दुई एक्सटेन्सन काउन्टर विस्तार


189
Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।

बैंकले २०८१ जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर–४ का वडाध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

यसैगरी बैंकले २०८१ जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासमा पनि एक्सटेन्सन काउन्टर सुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितिमा गरेका हुन् ।

सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बंैकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्