Logo
Logo

लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस


252
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । बैङ्कले यस वर्षको विश्व वातावरण दिवसमा ‘हाम्रो भूमि, हाम्रो भविष्य, हामी पुस्ता पुनर्स्थापना हौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैङ्कले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकाे सहकार्यमा करिब ६ हजार रूखहरू रोपेको छ । यो देशव्यापी वृक्षारोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।


प्रोजेक्ट छप् सँगै लक्ष्मी सनराइज बैङ्कले सोही दिवसमा आफ्नो एभाककडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा-विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत प्रमाणीकरण गर्दछ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैङ्कले कुल २५,१३४.१८ टिसिओ २ इ कार्बन उत्सर्जन हुनबाट जोगाएको छ ।

यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सनराइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ)मा संलग्न रहेको छ ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सनराइज बैङ्कले आफ्नो ३ हरियो जिम्मेवारीमूलक मूल्यहरु आत्मसाथ गर्दै ‘सुन्तला लभर ग्रिन’ ‘ नारालाई मूर्तरूप दिएको छ । वातावरण संरक्षणमा बैङ्कले गर्दै आएका विभिन्न पहलहरु मध्य एक रहेको प्रोजेक्ट छपले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने कुरामा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्