Logo
Logo

हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बर्खाअघि नै बनाइदिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो ।

‘भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुनेछन् ।

यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण प्रदेश नम्बर २ का प्रमुख सचिवले गर्ने छन् भने जसमा सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् ।

आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्