Logo
Logo

३१ हजार विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काइँदै


- दृष्टि न्युज/संवाददाता


सिरिया, २९ चैत (सिन्ह्वा) । सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा सहमति भएको घोषणा गरेका छन् । बिहीबार घोषणा गरिएको सहमतिअनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् ।
इस्लामिक स्टेटविरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको युद्धका क्रममा विस्थापित दशौं हजार व्यक्ति यी शिविरमा आश्रय लिइरहेका छन् । उनीहरुको स्वास्थ्यलगायतको अवस्था निकै कमजोर रहेकाले जतिसक्दो चाँडो स्वदेश फर्काउनु परेको हो ।
सहमति गरी आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने प्रयोजनका इराकी मन्त्रिपरिषदका केही सदस्य बिहीबार सिरिया पुगेका थिए । एकजना कुर्द अधिकारी महमुद केरोले भने, ‘अहिलेसम्म फिर्ता हुन चाहनेमध्ये चार हजारले हस्ताक्षर गरिसकेका छन् र उनीहरु इराकी सीमा खुला हुने प्रतीक्षामा छन् ।’ केरोका अनुसार अधिकांश विस्थापित व्यक्तिहरु खासगरी सिरियामा जन्मिएका बालबालिकासँग इराकी परिचय पत्र छैन ।

यस प्रयोजनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न इराक सरकारलाई आफूहरुले आग्रह गरेको ती कुर्दिस अधिकारीले जानकारी दिएका छन् ।
केही वर्षअघिदेखि नै आत्मसमर्पण गरेर सिरियाली भूभागमा रहेका र कुर्दिस् जेलमा परेका इस्लामिक स्टेट्सका लडाकूलाई भने यो स्वदेश फिर्ती कार्यक्रममा नपठाइने पनि ती अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्