Logo
Logo

कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता बढी संस्थापक सेयर बिक्री खुला



काठमाडौं । कुमारी बैंकले ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख ९८ हजार ५ सय ६७ कित्ता संस्थापक सेयर बिक्री खुला गरिएको जानकारी दिएको हो ।

यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्