Logo
Logo

झापामा जिप र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु



दमक । झापामा तीनजना चढेको मोटरसाइकल जिपसँग ठोक्किँएर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप आपसमा ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएपसपी कृष्णकुमार चन्दका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि बिएन्डसी मेडिकल कलेज लगिएको थियो । चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

उनीहरू शिवसताक्षीकै बताइएको छ । तर, सनाखत भइनसकेको डिएसपी चन्दले बताए । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्